सुनचाँदीको मूल्य स्थिर

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । नेपाली बजारमा आज(बुधबार)  सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार  बजारमा छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ  ।  मंगलबार पनि  सोहि  मूल्यमा सुनचाँदी कारोबार भएको थियो।

त्यसैगरी मंगलबार प्रतितोला ८३० रुपैयाँमा कारोबार भएको चाँदी पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments