सुनको मुल्य ५०० ले बढ्यो

सोमवार, चैत्र ३, २०७६



काठमाडौं । पछिल्लो दिनहरूमा लगातार घटिरहेको सुनको मल्यमा आज वृद्धि भएको छ । साताको दोस्रो दिन(सोमबार) सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि आइतबार ७६ हजार ७०० मा कारोबार भएकोमा आज प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार ७९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments