सुनको भाउ अहिलेसम्मकै उच्च, अझै बढ्ने सक्ने..

सोमवार, पुस २१, २०७६



काठमाण्डाै  । सुनको भाउ आज हालसम्मकै उच्च मूल्यमा पुगेको छ  । सोमबार सुनको मूल्य  तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।

केही दिनदेखि लगातार बढिरहेको सुनको भाउआज तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

गएकाे वर्ष याे समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उनको भनाइ छ ।

अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments