सुनचाँदीको मूल्य बढ्यो

बिहिबार, मंसिर २६, २०७६



काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य वृद्धि भएको  । मंगलबार र बुधबारस्थिर रहेको सुनचाँदीको मूल्यमा आज सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार  आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार दुई सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय कायम गरिएको छ  । बुधबार सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार प्रतितोला ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments