सुनको मूल्य घट्यो

शुक्रबार, मंसिर २७, २०७६



काठमाडौं । आज(शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार आठ सय र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बिहिबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments