सुनको मूल्य एकैदिन २२ सयले बढ्यो !

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । कोरोना भानइरस(कोभीड-१९)का कारण विश्व अर्थतन्त्र प्रभावित भएसँगै त्यसको प्रत्यक्ष असर नेपाली सुनचाँदी व्यवसायमा  देखिएको छ ।

आज(बुधबार) छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ सय रुपैयाँसम्म कारोबार भइरहेको छ । हिजो छापावाला सुन ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन पनि २२ सय रुपैयाँ प्रतितोलामा बढेर कारोबार भइरहेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ८० हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन ७८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो (मंगलबार) भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments