सुनको मूल्य सगरमाथा चढ्दै !

बिहिबार, साउन २३, २०७६



काठमाडौं । हरेक दिन बढ्दै गइरहेको सुनको मूल्यले आज (बिहीबार) रेकर्ड तोडेको छ । आज(साउन २३) गते  सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । हिजो(साउन २२ गते) ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार प्रति तोला पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् । अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata