सुनको मूल्य फेरी घट्यो !

शुक्रबार, भदौ २०, २०७६



काठमाडौं । सुनको भाउ आज(शुक्रबार) तोलामा १४ सय रुपैयाँ घटेको छ । हिजो प्रतितोला ७३ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।  सुनसँगै चादीको मूल्य पनि घटेको छ । हिजाको भन्दा तोलामा ४० रुपैयाँ घटेर आज चाँदी प्रतितोला ९ सय रुपैयाँ कायम भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata