सुनको मूल्य हालसम्मकै उच्च

शनिबार, असार ७, २०७६



काठमाडौं । सुनको भाउ शनिबार  हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयामा कारोवार भएको हो । सुनको मुल्य बुधबारदेखि दैनिक हजार रुपैयाँको दरले बढिरहेको छ ।

बुधबार पनि छापावाल सुनको मुल्य प्रति तोला एक हजार बढेर ६४ हजार रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । व्यापारीहरुले सुनको संचय गर्न थालेकोले मुल्य बढेको बताइएको छ ।

बिहीबार सुनको मूल्य २५ डलर बढेर प्रति औन्स १ हजार ४ सय ५ अमेरिकी डलर कायम भएको थियो । नेपालमा दैनिक करिव २० किलो सुन किनबेच हुने गरेको छ । मुल्य बढेपछि भने बिक्री घटेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank