सुनको भाउ घट्यो !

आइतवार, अशोज २६, २०७६



काठमाडौं । दशैं सकिएसँगै सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ७० हजार १ सय र तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।

शुक्रबार प्रतितोला ७० हजार चारसय रुपैयाँ रहेको सुन आइतबार तोलामा ३ सय रुपैयाँ घटेर ७० हजार १ सय रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही मूल्य कायम रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata