३३ किलो सुन प्रकरण : ६ प्रहरी अधिकारीसहित ६२ जना विरुद्ध मुद्दा दर्ता हुँदै

बुधबार, बैशाख १९, २०७५



विराटनगर । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या अभियोगकोमा ६ प्रहरी अधिकारी सहित ६२ जनाविरुद्ध बुधबार दर्ता हुँदै छ ।

३३ किलो सुन तस्करी प्रकरणमा हालसम्म २८ जना पक्राउ परेका छन् भने मुख्य आरोपी चूणामणि उप्रेती ‘गोरे’ सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिन लागेको जनाएको छ ।  पक्राउपर्नेहरू विरुद्ध अपहरण, कर्तव्य ज्यान र सङ्गठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरीले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई सङ्गठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्ने भएकाे हाे ।

गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या भएको थियो । प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई सङ्गठित अपराध सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । त्यस्तै प्रहरीकाे नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू विरुद्ध पनि सङ्गठित अपराधमा मुद्दा दर्ता गरिने भएकाे  छ ।

व्यापारीहरू महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङ विरुद्ध  पनि सङ्गठित अपराधमा मुद्दा दर्ता गरिने छ । मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरे विरुद्ध कर्तव्य ज्यान र सङ्गठित अपराध सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ । अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति सकिन ३ दिनअघि नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको हो।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank