सुनिपिपललाई १४ गोल्ड मेडल

सोमवार, असार २, २०७६

- दिपक राज जोशी



बझाङ । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनिपिपल चौर माध्यमिक बिधालयले १४ गोल्ड मेडलको उपाधि जित्दै बिजेता बनेको छ ।

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा जयपृथ्वी नगरपालिका भित्रका सात बिधालय सहभागि भएका थिए । सत्यवादी माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा सुनिपिपल सुबेडा स्वर्ण १४ रजत ६ र कास्य ४ हात पार्दै बिजेता बनेको छ भने सत्यवादी माबि भोपुर ८ स्वर्ण ४ रजत र ६ कास्य जित्दै उपबिजेता बनेको छ ।

त्यस्तै जालपा मावि ५ स्वर्ण १४ रजत र ५ कास्य हात पार्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । उपाधि बितरण कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियूका संयोजक ऐन महरले सुबिधा सम्पन्न खेलमैदान नहुदा चिन्ता व्यक्त गरे । राज्यले बजेट बिनियोजन गरि सकेको तर निर्माण नहुन सक्दा बगर जस्तै खेल मैदानमा खेल हुँदा खेलाडिको मनस्थितिमा नराम्रो असर पर्नेमा महरले जोड दिएका थिए । सबै स्थानिय तहमा खेलमैदान बनाउनमा जनप्रतिनिधिको ध्यान जानुपर्ने अर्का विद्याथी नेता प्रबिन्द्र धामीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank