सुनकाण्डका अभियुक्तका नाटक, फेरे बयान

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं। काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् ।मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुत्तले बयान दिएका थिए ।

बयान फेर्नेमा प्रहरी जवानदेखि, एयरलाइन्सका कर्मचारी व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन् । अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअधि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank