सुन तस्कर र हत्या प्रकरण: थुनछेक र बहस सुरु

बिहिबार, बैशाख २७, २०७५



काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनछेक बहस सुरु भएको छ । सोसम्बन्धी मुद्दाका प्रतिवादीहरुको बयान पूरा भएकाले जिल्ला अदालत मोरङमा थुनछेकको बहस बिहीबारबाट सुरु भएको हो ।

सुन तस्करी र सनम शाक्य हत्याको मुद्दाका ६३ आरोपित मध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान अदालतले लिइसकेको जनाएको छ । थुनछेक बहसमा सरकार पक्षबाट बहस गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयका वकिललाई सघाउन सरकारी वकिलहरुको समूह बनाइएको छ । समूहमा उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन् ।

त्यस्तै प्रतिवादीका तर्फबाट बहस गर्न ४४ जना कानुन व्यवसायीले ‘वकालतनामा’ दर्ता गराइसकेका छन् । यो मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० जनाबाहेक मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेसहित ३३ जना फरार रहेका छन् ।

55 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank