एक केजी अबैध सुन सहित एक जना पक्राउ

शुक्रबार, असार १५, २०७५



पर्सा । सर्लाही हरिपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय सन्तोष कुमार साहलाई प्रहरीले १ के.जी. अवैध सुन सहित शुक्रबार पक्राउ गरेको छ ।

बीरगंज महानगरपालिका–१६ शंकरआचार्य गेट नजिक प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले साहलाई सुन सहित पक्राउ गरेकाे हाे ।   नेपालबाट भारततर्फ जाँदै गरेको उनी सवार ना. ४८ प ३७७४ नम्बरको मोटरसाइकललाई शुक्रबार चेक गर्दा सिटमुनी लुकाई छिपाई राखेको ६ थानमा रहेको उक्त सुन बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank