सुनचाँदीको मूल्य बढ्यो..

सोमवार, पुस ७, २०७६



काठमाण्डाै ।  केहि दिनदेखि स्थिर रहेको सुनचांदीको भाउ आज( साेमबार) तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार आज सुन तोलाको ७१ हजार नाै सय रुपैयाँ तोकिएको छ ।

आइतबार सुन तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको साेमबार तोलामा तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments