सुनको मूल्य १५ सयले घट्यो

बिहिबार, चैत्र ६, २०७६



काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो समय घट्दे गइरहेको छ । सुनको भाउ १५ सय रुपैयाँले घटेकाे छ ।

बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments