सुनको मूल्यमा नयाँ किर्तिमान

मङ्लबार, फाल्गुन २७, २०७६



काठमाडौं । पछिल्लो समय सुनको मूल्य आकासिदै गइरहेको छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक संकटका कारण सुनको मुल्य निरन्तर बढिरहेको छ ।

मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ । गत  आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments