सुनकाे मूल्य हाल सम्मकै उच्च

सोमवार, फाल्गुन १२, २०७६



काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले नयाँ इतिहास रच्न सफल भएको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा १५ सयले बढेको छ । नेपाली बजारमा आइतबार ७८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चीन लगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments