सुनको मूल्य हाल सम्मकै उच्च

बुधबार, फाल्गुन ७, २०७६



काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । मङ्गलबार तोलाको ७६ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासंघले जनाएको छ ।

चीनमा फैलिरहेको कोरोना भाइरसको असरले गर्दा अन्तराष्ट्रिय बजारमा सुन महंगो हुन पुगेको बताइएको छ । यस अघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले जनाएका छन ।   महासंघका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments