धुलो बनाई ल्याइएको १२ सय ग्राम सुनसहित भारतीय पक्राउ

आइतवार, पुस २०, २०७६



काठमाडौं । दुबईबाट धुलो बनाई ल्याइएको एक किलो दुई सय ग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । फ्लाई दुबईबाट नेपाल आएका भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार,विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

शनिबार राति मोहम्मद मित्तालिब र परवेज मुसरफलाई पक्राउ गरिएको महाशाखाले जनायो ।

प्रहरीका अनुसार एक जनाले मलद्वारमा चार सय ग्राम, अर्कोले पनि चार सय ग्राम र ट्राउजरभित्र तथा खुट्टामा लुकाएर ल्याइएको सुन बरामद भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments