सुनकाे मूल्य हालसम्मकै उच्च,प्रति तोला ७४ हजार पाँच सय

शुक्रबार, पुस १८, २०७६



काठमाडौँ । पछिल्लो आर्थिक वर्षमा निरन्तर उकालो लागेको सुनको मूल्य हाल सम्मकै उच्च पुगेको छ । सुन प्रति तोला ७४ हजार ५ सय पुगेको सुनचाँदी महासङ्घ नेपालले जनाएको छ ।

सुनको भाउ शुक्रवार  हाल सम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

यस अघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर मङ्गलवार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments