सुनको मुल्य हालसम्म कै उच्च

आइतवार, भदौ ८, २०७६



काठमाडौं । पछिल्लो समय सुनको मुल्य अस्वाभिक तवरले बढेको छ । विश्व अर्थतन्त्रमा देखा परेको अस्थिरताले सुनको मुल्य दिनानुदिन बढ्दै गइरहेको छ ।

हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै नेपाली बजारमा सुनको मुल्य आकाशीयको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  साताको पहिलो दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलाको ७२ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ तोकिएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata