सुनको मूल्य एक दिनमा १५ सयले बढ्याे

सोमवार, साउन २०, २०७६



काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिए सँगै सुनको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

आइतबारको तुलनामा सोमबार सुनमा प्रतितोला १५ सयले बढेको छ । सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँ थियो । शेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata