ओढारमा लुकाइरहेको अवस्थामा १६ किलो सुन बरामद

बिहिबार, साउन ९, २०७६



गोर्खा । ओढारमा लुकाईरहेको अवस्थामा गोर्खामा ११ किलो सुन फेला परेको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको हो । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments