सुन सहित चार विदेशी महिला पक्राउ

आइतवार, बैशाख ८, २०७६



काठमाडौं । त्रिभुव अन्तराष्ट्रिय विमानस्थलबाट सुन सहित चार जना विदेशी महिला पक्राउ परेका छन् । आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएका टोलीले पक्राउ गरेको हो।

थाई एयरबाट नेपाल आएका उनीहरुले ६ वटा चुरा र ३ पिस बिस्कुट आकारका सुन पाखुरामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata