३३ किलो सुन तस्करी प्रकरणका नाइके पक्राउ

मङ्लबार, माघ २२, २०७५



काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा नाइके पक्राउ परेका छन् ।  प्रहरीको खोजीको सूचमिा रहेका दुबईबाट सुन पठाउने हरि खड्का युएईमा पक्राउ परेका हुन् ।लामो  समयदेखि युएईमा बस्दै आएका काभ्रेका खड्कालाई स्थानीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको हेडक्वार्टरलाई खबर गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेको थियो ।

३३ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीबाट सर्वाधिक खोजी गरिएका खड्कालाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको पनि प्रहरीले जनाएको छ । उनले गोरे भनिने चूडामणि उप्रेतिसंग मिलेर युएईबाट सुन नेपाल पठाउने गरेको उक्त प्रकरण छानविन समितिको निष्कर्ष रहेको छ ।

299 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank