तीन किलो अबैध सुनसहित दुई जना पक्राउ

शनिबार, असार १६, २०७५



काठमाडौं । तीन किलो अबैध सुन सहित एक भारतीय र एक नेपाली गरि दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरीक दिपक कुमार मोर्रे  र  नेपाली नागरिक कञ्चनपुर निवासी मनोज विक रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख  विश्वराज पोखरेलले जानकारी दिए ।

शनिबार बिहान काठमाडौंको नागढुङ्गामा भारततर्फ जान लागेकाे  भारतीय नम्बर प्लेट भएको यूके ०२-४६८४ नम्बरको मारुती कारलार्इ चेकजाँच गर्ने क्रममा उक्त सुन  एयर फिल्टरमा लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको  प्रहरीले जनाएकाे छ ।

घटनाका समबन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

219 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank