‘गोरे’लाई समेत चलाउने सुन तस्करीमा ठूला माछा

आइतवार, बैशाख २३, २०७५



काठमाडौं । ‘खास अपराधिहरु पक्राउ परेका छैनन, प्रहरीको नाटकीय शैलीलाई सत्य ठानेर केही इमान्दार प्रहरीलाई पक्राउ गर्नु गलत हो ’ पूर्व एर्आजी विज्ञानराज शर्माले केहीदिन अगाडी सार्वजनिक अभिव्यक्ति दिए ।

त्यसले दुईवटा अर्थ लगाइएको छ । पहिलो सुन काण्डमा खास नाइके कोही अर्कै छ । त्यो छानविन सतही मात्रै हो । दोस्रो प्रहरी उच्च अधिकारीले दोषि पक्राउ गर्न तस्करको नाटक गरेका थिए  । तर, दुई अर्थ सुन काण्डमा भयावह देखिएको छ यसअघि  क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनका मालिक को हुन भन्ने बारेमा ठूलो बहस भएको थियो ।

चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको खुलेपनि उनहरुलाई परिचाल गर्ने व्यक्तिका विषयमा पत्ता लाग्न सकेन । अहिले ३३ किलो सुनकाण्डको नाइने चूडामणि उप्रेती ’गोरे’ लाई समेत परिचालन गर्ने सुनतस्करीका ठूला मान्छे अन्तै रहेको छानविन समितिको निस्कर्ष छ । पक्राउ परेका २९ जनाको बयान सकिएपछि उनीहरु विरुद्ध अनुसन्धान केन्द्रित हुने स्रोतले बताएको छ ।

केही राजनीतिक तलका नेता, प्रहरी पूर्व प्रमुख र ब्यवसायी दिपक मल्होत्रा समेत सुनकाण्डमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ब्यापारी मल्होत्राले नै सबै सेटिङ मिलाउने गरेको पाइएको छ । यसअघि बरामत ८८ किलो सुन काण्डमा पनि उनको नाम जोडिएको थियो ।

२०५५ मा सांसद परी थापाको संयोजकत्वमा गठित राजश्व चुहावट नियन्त्रण  समिति समितिले बुझाएको प्रतिवेदनमा दीपक मलहोत्रालाई मुख्य योजनाकार मानिएको थियो । तर, ती कुनैमाथि कानुनी कारवाही प्रक्रिया सुन समेत हुन सकेन । मलहोत्राको प्रहरीका उच्च अधिकार र नेताहरुसँग गहिरो सम्बन्ध छ ।

२०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मल्होत्रा निकै नजिक थिए । सामसुङ मोबाइलको व्यापारको आवरणमा अनेक धन्दा चलाउँदै आएका मल्होत्राको पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल,पुर्व एआईजी विज्ञानराज शर्मा, नवराज ढकाल देखी हालका केही एआईजीसम्म उनको राम्रो सम्वन्ध छ ।

बिदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठ मल्होत्राकै सेटिङमा एयरपोर्टमा खटिएको समेत प्रहरीको छानविनले देखाएको सिथो । पछि श्रेष्ठले मल्होत्रालाई जोगाएका थिए । कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री रहेका बेला पनि मल्होत्रा भित्री सल्लाहकारको रुपमा देखिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख लोकमानसिंह कार्की, मल्होत्रा लगायतको छलफल पटक पटक अख्तियारमा नै हुने गरेको थियो ।

को हुन मल्होत्रा  ?

दिपक मल्होत्रा आई.एम.एस. ग्रुपका अध्यक्ष हुन । उनको झण्डै एक दर्जन व्यवसाय काठमाडौंमा सञ्चालनमा छन । करिब ३८ वर्ष अगाडिदेखि व्यवसायमा लागेका मल्होत्रामाथि सुन तस्करी गरेको आरोप पटक–पटक लाग्ने गरेको छ । तर कसैले पनि प्रमाण जुटाउनसकेको छैन । उनी सुन व्यवसायी पनि हुन् । उनकी पत्नी इबिसु ज्वेलर्सकी निर्देशक हुन ।

मल्होत्रा तानिदा पूर्व एआईजीहरू विज्ञानराज शर्मा, विजयलाल कायस्थ, नवराज ढकाल, व्यावसायी सुवास श्रेष्ठलगायतका केही अनुसन्धानमा तानिने एक प्रहरी अधिकारको दावी छ ।

३६ वर्षअघि न्यूरोडमा सानो पसलबाट यात्रा सुरु गरेका मल्होत्रा राज्यको उच्च तह सम्म सेटिङ् मिलाई मिलाउन माहिर मानिन्छन् । रातारात उनले अर्बाैंको सम्पत्ति जोडिसकेका छन् ।   क्यानटमा मात्रै केही समय अगाडी उनले १७ करोडको घर किनेका छन् ।  हाल उनले सेयर बजार, हाउजिङ, जग्गा पलटिङ, अस्पताल लगायका क्षेत्रमा लगानी गरेका छन् ।

814 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank