बहालवाला एसएसपीसहित २८ जना अभियुक्त अदालतमा पेश, ६३ जना विरुद्ध मुद्दा दर्ता

बुधबार, बैशाख १९, २०७५



काठमाडौं । साढे  सुन तस्करीमा लहरो तान्दा पहरो गर्जिएको छ । सुन तस्किरीमा २८ जनालाई अदालतमा नै उपस्थित गराइएको छ भने प्रकरणमा संलग्न ६३ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला अदालत, मोरङमा बुधवार प्रहरीले मुद्दा दर्ता गरेको हो । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जनालाई उपस्थित गराइएो छ ।

अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो । बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank