३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त गोरेविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं । प्रहरीको साँठगाँठमा संगठित सुन तस्करी गर्दै आएका चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।

साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकामा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

साढे ३३ केजी सुन काण्डमा भरीया सनम शाक्यको हत्या भएको थियो जसमा मुख्य योजनाकार अभियुक्त गोरे रहेको भनीएपनि हाल उनी नेपाल बाहिर फरार रहेको आशंका गरीएको छ । अभियुक्त गोरे अब १ सय ९२ देशका प्रहरीको निशानामा रहनेछन् ।

प्रहरीका उच्च अधिकृतहरु समेतको संलग्नता रहेको साढे ३३ केजी सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

362 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank