३३ केजी सुन प्रकरणमा आरके ज्वेलर्सका मालिक पक्राउ

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौं । ३३ केजी सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य काठमाडौंबाट पक्राउ परेका छन्।
शाक्यलाईलाई अनुसन्धानका लागि गृह मन्त्रलायले गठन गरेको छानविन समितिले शाक्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डेढ महिना अगाडी ३३ केजी सुन तस्करीमा मुछिएका मोरङका सोनम शाक्यको हत्या भएको घटनालाई लिएर अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको घेरामा राखेको छ।

यस अघि नेपाल एयरलाइन्सका तीन कर्मचारी र थाई एयरलाइन्सका ८ कर्मचारी छानविनका लागि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank