सुनको भाउ सात सयले घट्यो

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं।  सुनको भाउ यो हप्ता तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपै
ेयाँ घट्यो ।

शुक्रबार फेरि तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा झरेको हो । यस्तै यो हप्ता चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

261 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank