सुनको मूल्य तोलामा ४ सयले बढ्यो

बुधबार, फाल्गुन २३, २०७४



काठमाडौं। सुनको मूल्य बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । मंगलबार तोलाको ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको हो ।

सुन बुधबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा महंगो भएकाले नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।

191 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank