मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेजको घोषणा

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज गरेको घोषणा गरेका छन् । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरेर विष्टले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत जनाए ।

मलेसिया जाने नेपाली कामदारले विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउँदै आएका थिए । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ । त्यसबाहेक पनि करिव १७ हजार विभिन्न संघसंस्थालाई बुझाउनुपर्छ ।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank