श्रमिकको स्वास्थ्य परिक्षणमा रहेको सिण्डिकेट हटाउँदै श्रममन्त्री गोकर्ण विष्ट

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौँ । यतिबेला यातायात सिण्डिकेटको विषय चर्चामा छ । सिण्डिकेट यातायात क्षेत्रमा मात्र छैन, अनेक क्षेत्रमा छ । श्रमिकको स्वास्थ्य परिक्षणमा पनि सिण्डिकेट छ । विशेषगरी बैदेशिक रोजगारमा जाने श्रमिकहरूले महंगो शुल्क तिरेर निश्चित स्थानमा मात्र स्वास्थ्य परिक्षण गराउन पाउँछन् । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यस्तो अवस्थाको अन्त्य गर्दैछन् ।

विष्टको पहलमा श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समिति नै बनाएर काम थालेका छन् । समितिले प्रतिवेदन बुझाएपछि कार्यान्वयनमा जाने मन्त्रालय स्रोतले जनायो । श्रममन्त्रीकै पहलमा समिति बनेको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो ।

स्रोतका अनुसार छिट्टै सरकारी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था हुँदैछ । त्यसरी स्वास्थ्य परिक्षण गर्दा सहज र सस्तो पनि हुनेछ ।

मन्त्री विष्टले अभिमुखीकरणलाई पनि प्रभावकारी बनाउने गरी काम थालेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीको सुरक्षाको विषयलाई समेत विष्टले गम्भीरतापूर्वक लिएको बताइएको छ ।

बैदेशिक रोजगारीका लागि गएकाहरूको समस्यालाई विष्टले नजिकबाट नियालिरहेको र समाधानको लागि आवश्यक तयारी थालेको मन्त्रालयले जनाएको छ ।

चर्को शुल्क तिर्न बाध्य

वैदेशिक रोजगारीका लागि मलेसियासहित खाडी मुलुकहरुमा जाने कामदारहरुले स्वास्थ्य परीक्षणका नाममा चर्को रकम तिर्नु परिरहेको छ । श्रम मन्त्रालयमा सुचीकृत रहेका करिव २ सय ५० वटा भन्दा बढी स्वास्थ्य संस्थाहरुले कामदारबाट चर्को रकम असुली गरिरहेका छन् ।

490 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank