इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ: पूर्वमन्त्री विष्ट

बिहिबार, मंसिर ५, २०७६



काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले इमान्दारिताका साथ काम गरेको प्रतिक्रिया दिएका छन ।  बिहिबार सामाजिक संञ्जाल फेसबुकमा स्टाटटस लेख्दै पूर्वमन्त्री विष्टले जति दिन श्रममन्त्रीको रुपमा रहेँ । वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा काम गरेको उल्लेख गरेका छन ।

इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद भनेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पूनर्गठन गर्दै विष्टकाे स्थानमा रामेश्वर राय यादवलाइ नियूक्त गरेका छन । विष्ट बाहिरिए सँगै उनका शुभचिन्तकले सरकारकाे अालाेचना गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata