पूर्व राजा ज्ञानेन्द्र सपरिवार सहित बैंकक जाँदै

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार सहित थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

नातिनी पूर्णिकाको ग्रयाजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा पूर्व  राजा, रानी त्यसतर्फ जान लागेको राष्ट्रिय सरोकार मञ्चले जनाएको छ । साथै बुहारी  हिमानी र अन्य सदस्य पनि साथमा रहने स्राेतले जनाएकाे छ ।

आज दिउँसो १ बजे उनीहरु थाइ एयरको विमान मार्फत बैंकक जान लागेका हुन् । उनीहरु त्यहाँ दुई हप्ता बस्ने जनाइएको छ । भ्रमणमा पूर्व युवराज पारस र पारस पुत्र सहभागी नहुने राष्ट्रिय सरोकारमञ्च अध्यक्ष सोम सिंहले जानकारी दिए । भ्रमण नितान्त पारिवारिक रहेकाे समेत जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata