गोही ‘मेरी ’ले जिउँदै खायो वैज्ञानिक डेजिलाई !

बिहिबार, माघ ३, २०७५



इण्डोनेसिया । सुलावेसी आइसल्याण्डमा एक महिलालाई विशाल गोहीले जिउँदै खाएको प्रहरीले जनाएको छ । ४४ वर्षीया डेजि टुओ नामको महिलालाई आफैले पालेको गोहीले खाएको जनाइएको छ ।

मृतक डेजि टुओ नर्थ सुलावेसीको मिनाहासा पर्ल फार्मको वैज्ञानिक रहेको मिडियाले जनाएको छ ।  स्थानिय कन्जरभेसन एजेन्सीका हेड्रिक रनडेनगनले मिडियालाई जनाए अनुसार, वैज्ञानिक डेजिको आधा शरिर मात्र फेला परेको थियो भने, कयौं अंगहरु गायब थिए ।

१६ फिट लामो मेरी नामको विशाल गोहीले वैज्ञानिक डेजिको एउटा हात र पेट पूरै खाएको अवस्थामा वाँकी शरिर फेला परेको थियो । डेजि टुओले अवैध रुपमा पालेको गोही मेरीले खाएको वाँकी शरिर उनको ३७ वर्षीया साथी एर्लिङ गुमेनगनले देखे सँगै प्रहरीलाई खबर गरेकाे जनाइएको छ ।

इण्डोनेसियाको द्धिपबाट ल्याएको उक्त गोही अत्यन्त खतरनाक जातीको रहेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata