भारतीय निकायको विवादले जोगवनी नाका ठप्प

बिहिबार, जेष्ठ ३०, २०७६



काठमाडौं । भारतीय सुरक्षा बल (एसएसबी) र भन्सारका एजेन्टको विवादका कारण जोगवनी नाका ठप्प भएको छ ।

भारतीय निकायबीचको विवादका कारण तेस्रो मुलक र भारतबाट आउने सामग्री नेपाल आउन सकेका छैनन । मालबस्तु चेकजाँचका क्रममा कुरा नमिल्दा भारतीय एसएसबीले भारतीय भन्सार एजेन्टलाई कुटपीट गरेका थिए ।

एसएसबीले भन्सार एजेन्टलाई कुटपीट गर्दा भन्सार कर्मचारीहरु मालबस्तु चेकजाँच ठप्प पार्दै आन्दोलनमा उत्रेका छन । जसका कारण तेस्रो मुलुकबाट माल सामान बोकेर आएका सयौं मालबाहक सवारी भारतमै रोकिएका छन्।

भन्सार नाका ठप्प हुँदा राजस्व संकलन प्रभावित बनेको विराटनगर भन्सार कार्यालयको राजस्व संकलनका सुचना अधिकारी मनीराम पौडेलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata