गोविन्दराज जोशीको मुद्दा हेर्न नमिल्ने सूचीमा

शुक्रबार, असार २७, २०७६



विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ ।

पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

न्यायाधीश कार्कीले कानुन व्यवसायी हुँदा जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा बहसमा भाग लिएका थिए । यसकारण, सो मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । सर्वोच्चले सो मुद्दाको अर्को पेसी २३ साउनका लागि तोकेको छ ।

यसअघि सो मुद्दामा सर्वोच्च अदालतले तीनपटक फाइल झिकाउन आदेश दिँदा पनि अख्तियारबाट जवाफ नआएपछि २३ जेठमा न्यायाधीश ईश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले कारवाही गर्ने चेतावनीसहित सो निर्णय आफैं लिएर आउन आदेश जारी गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata