सीमा बचाउ अभियानद्वारा काठमाडौंमा प्रदर्शन

आइतवार, कार्तिक २४, २०७६



काठमाडौं । सीमा बचाउ अभियानद्वारा काठमाडौंको माइतीघरमा दबाबमुलक र्याली सहित प्रदर्शन गरेको छ ।  भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक समेत नक्सामा समेटेपछि त्यसको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

गो ब्याग इन्डिया नारा सहित विभिन्न व्यक्तिहरु प्रर्दशनमा उत्रेका थिए । छिमेकी राष्ट्रले वर्षाैदेखी  नेपालको कयाै भूभाग हडपेको भए पनि सरकार मुख दर्शक भएकाले तत्काल कुटनीतिक पहल मार्फत उक्त समस्या हल गर्न दबाब अभियान शुरु गरिएको अधिकारकर्मी  नरेन्द्र खतिवडाले जानकारी दिए ।

 सार्वभौमसत्ता सम्पन्न भूमीमा  माथि पटकपटक भारतले गरेको हस्तक्षेपका विरोध यो प्रदर्शन गरिएको युवा अभियान्ता गणेश धामीले बताए । उनले राज्यका दृष्ट्रिकोणमा भारत जति स्वतन्त्र छ त्यति हाम्रो छ । भारतले एकतर्फी  जारी गरेको नक्सा नमान्ने भन्दै धामीले यसको समाधानका लागि  तत्काल कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।

IMG_8403

त्यसको विरोधमा विभिन्न दल तथा विद्यार्थी संगठनहरुले प्रर्दशन गर्दै आइरहेका छन । त्यसको तत्काल समाधानका लागि कुटनीतिक नियोग मार्फत सुल्झयाउन माग गर्दै प्रर्दशन गरिरहेका छन ।

IMG_8396

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata