भारतीय नक्सा विरुद्ध सुदूरपश्चिम कानून विद्यार्थी समाजको विरोध

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । भारत सरकारले गत साता जारी गरेको नयाँ नक्सामा नेपालको भुभाग कालापानी र लिपुलेकलाई समेत समेटेको विरोधमा सुदूरपश्चिम कानून विद्याथी समाजले विरोध जनाएका छन ।

शुदुरपश्चिम कानून विधार्थी समाज ले आज बेलुकी ४ बजे माइतिघर मण्डलामा शान्तिपुर्ण विरोध ¥याली तथा धर्ना  कार्यक्रम गरेको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाबाट राजधानी काठमाडौंका विभिन्न ल कलेजहरुमा कानून विषय पठनपाठन गर्ने विद्यार्थीको साझा संस्था सुदूरपश्चिम कानून विद्यार्थी समाजले विरोध प्रर्दशन गरेको हो ।

z

समाजको अगुवाईमा आइतबार साँझ माइतीघर मण्डलमा शान्तिपूर्ण विरोध प्रर्दशन गरेको हो । सुदूरपश्चिम कानुन विधार्थी समाजका महासचिव जीवन साउदका अनुसार भारतको पछिल्लो कदम अन्तराष्ट्रिय कानुनका मुल्यमान्यता र नेपाल भारतबी सम्पन्न भएका ऐतिहासिक सन्धि सम्झौता एवम् दस्तावेजहरुको ठाडो उल्लघन रहेको आरोप लगाए । अन्तराष्ट्रिय कानून विपरित गएर भारत सरकारले गरेको हस्तक्षेपकारी कदम मान्य नहुने महासचिव साउदको भनाइ रहेको थियो ।

c

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थामा अध्यक्ष गंगा दत्त जोशीले भारत सरकारले प्रकाशित गरेको पछिल्लो नक्साका सम्बन्धमा सुुदूरपश्चिम कानुन विधार्थी समाजको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउदै यो विषयमा मौन नबसी कुटनीतिक तबरबाट तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे। अध्यक्ष जोशीले भारत सरकारको यो कदमलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा कडा रुपले प्रतिवाद गर्नुपर्नेमा जोड दिए । सिमाना अतिक्रमण र भारतले प्रकाशन गरेको नक्सा तत्काल सच्चाउन माग गर्दै आक्रमणका गतिविधी नरोकिए अर्काे चरणमा थप र रचनात्मक विरोधमा उत्रिने चेतावनी समेत दिएका छन ।

OF

विरोध ¥याली तथा ¥याली कार्यक्रममा नेपाल ल क्याम्पस, नेश्नल ल कलेज र च्क्रवर्ति ल कलेज लगायत काठमाडौं उप्त्यका भित्रका विभिन्न क्याम्पसका कानुन अध्ययनतरन विधार्थीहरुको उल्लेखनिय सहभागिता थियो । विभिन्न क्याम्पसबाट सुरु भएको ¥याथि माईतिघर मण्डलामा संयोजन भई धर्ना कार्यक्रममा परिणत भएर कोण सभा गरि कार्यक्रम सम्पन्न भएको थियो ।

विराेध प्रदर्शनमा संस्थाका संस्थापक सल्लाहकार मनोज सिहं र वसन्त जोशी,पेशागत कानुन व्यवसायीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata