ग्लाेव भित्रकाे देश !

शनिबार, जेष्ठ ३२, २०७६

- विक्रम पवन परियार



ग्लाेव भित्रकाे देश

भाले बास्ना साथ – छाेराे उठ्याे
र भन्याे,’बाबा !
मैले सपनामा गुच्चा देखेँ ।’
गिलासमा चिया दिएँ- चिया पियाे
पुरी खाना खाेज्याे – पुरी दिएँ
चिउरा खाना खाेज्याे चिउरा दिएँ
बढाे मज्जाले स्वाद लिएर चपायाे र निल्याे
कपि निकाल्याे – देशकाे नक्सा बनायाे
र भन्याे,  ‘बा ! याे देश नेपाल हाे ?’

म माैन बसेँ
ऊ अनेक प्रश्न गरिरहन्थ्याे
म नसुने झैँ टाेलाइरहेँ
कस्ताे मनाेविज्ञान रहेछ ऊ भित्र
झाेलामा मैले देख्लाझैँ राखेकाे गुच्चा निकाल्याे
र खेल्याे आँगनमा ।

सधैँ खेल्न डराउने छाेराे – डराएन
सधैँ पढ्ने छाेराे – पढेन
अचेल दैनिक गुच्चा खेल्छ र भन्छ
‘बा !
याे देश-
कुनै दिन मैले गुच्चा हराएझैँ त हराउँदैन ?’

छाेराकाे याे प्रश्नलाई
सम्मानपुर्वक जवाफ दिएँ
बाबू !
याे देश हराएकाे दिन हाम्राे नागरिकता हराउँछ
त्याे दिन तिम्राे सपनाहरू हराउछन्  ।
यहाँका मान्छेहरूले विवेक गुमाएका दिन
मेटिनेछ ग्लाेबबाटै हामी बाँचिरहेकाे देश
र हराउनेछ तिमीले गुच्चा खेलिरहने आँगन  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank