गजल महोत्सवमा स्रष्टाहरूको मान बढोस् !

सोमवार, माघ १३, २०७६



सुन्न, भुल्न, बुझ्न र के के जाति किन्न पुगोस्
छेक्ने, थुन्ने अनि सेक्ने बानी जति किरा परोस्

आहार, विहार, निन्दा, चर्चा गर्ने पनि पछि हटोस्
मेची हुँदै महाकालीमा एकताको सुवास पुगोस्

गजलको यो महोत्सवमा स्रष्टाहरूको मान बढोस्
लय, ताल, बाङ्गा बहरको यसपटक दम्भ हटोस्

टाढा बसेर होइन नजिकिएर मित्र चिन्न सकोस्
केन्द्रमा मात्रै होइन प्रदेशमा पनि भेट्न सकोस्

मानिसको फौजमा मानिस भएर बाच्न सिकोस्
वर्षौँपछिको यो भेटमा शुभकामना साट्न पुगोस्

– सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments