गच्छदारकाे बचाउ गर्दै तरुण दलद्वारा माइतीघरमा प्रदर्शन

आइतवार, माघ २६, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेस संसदीय दलका उपनेता तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको विरोधमा प्रदर्शन गरेको हो ।

काँग्रेस निकट भातृ सङ्गठनहरूले सत्तारुढ दल नेकपाले आफ्नालाई जोगाएको र प्रतिशोध साध्नका लागि गच्छदार माथि मुद्दा दायर गरेको भन्दै आक्रोश जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउप्रधानमन्त्री गच्छदार सहित १७५ जना माथि भष्टचार मुद्दा दर्ता गरेको थियो ।

भ्रष्टाचारको अभियोग लागेसँगै सांसद गच्छदारलाई सांसदबाट निलम्बन गरिएको छ । त्यसको विरोधमा काँग्रेसले सदन अवरुद्ध पार्दै सडक मार्फत विरोध जनाउँदै आएको छ । तर काँग्रेस निकट कानुन व्यवसायीहरूले भने त्यसको कानुनी रूपमा सामना गर्नु पर्ने सुझाव दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments