आइएमएफको चीफ इकोनोमिस्ट बनिन् भारतीय गीता गोपीनाथ

बुधबार, पुस २५, २०७५



वासिङटन । गीता गोपीनाथ इन्टरनेशनल मनिटरी फन्डको चिफ इकोनोमिस्ट बन्न सफल भएकी छिन् ।  भारतको मैसुरमा जन्मिएकी भारतीय अमेरिकन अर्थशास्त्री गीता यस पदमा पुग्ने पहिलो महिला हुन् ।

अन्तराष्ट्रिय मुद्रा कोषको डाइरेक्टर पदमा रहेका मौरिस आब्स्टफेल्डले रिटायरमेन्ट भन्दा पहिला नै गत एक अक्टोबर २०१८ मा गीता गोपीनाथको नाम घोषणा गरेका थिए ।

मौरिस ३१ डिसेम्बर २०१८ मा रिटायर्ड भएका थिए । मौरिस पछि उक्त पदमा पुग्ने गीता गोपीनाथ आइएमएफको ११ औं चिफ इकोनोमिस्ट बन्न सफल पहिलो भारतीय महिला पनि हुन् ।

उनी हावार्ड विश्व विद्यालयमा प्रोफेसर रहिसकेकी छिन् । आइएमफको प्रबन्धक निर्देशक क्रिस्टिन लेगार्डले भनिन्, गीता गोपीनाथ दुनियाँको राम्रा अर्थशास्त्री मध्ये एक हुन् ।

उनको योग्यता र अनुभव आएएमफको निम्ती महत्वपूर्ण हुने छ । २७ डिसेम्बर १९४५ मा जन्मिएको आइएमएफको मुख्य कार्यालय वासिङटन डिसीमा रहेको छ ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank