एक दशकलाई सार्वजनिक विद्यालय रुपान्तरण रुपमा मनाऔं: मन्त्री पोखरेल

बुधबार, बैशाख ११, २०७६



काठमाडौं । शिक्षा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले एक दशकलाई सार्वजनिक विद्यालय रुपान्तरणको रुपमा लागु गर्ने तयारी रहेको बताएका छन् । २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने जानकारी दिए ।

बुधबार भक्तपुरबाट शुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको गुणस्तर परिवर्तन गर्न आग्रह गरे । ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउन सरकारले अबको दशकलाई विद्यालय रुपान्तरणको रुपमा मनाउने जानकारी दिए ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौति सामना गर्नेगरी अघि बढन सरकारलाई सुझाएकी छिन् । कार्यक्रम दुई दिन सम्म चल्ने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata