२५ हजार घूससहित समातिए यातायातका नासु र खरिदार

आइतवार, पुस ९, २०७४



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले बाग्मती यातायात व्यवस्थापन कार्यालय एकान्तकुनामा कार्यरत नायव सुव्वा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले सेवाग्रहीबाट सवारी चालक अनुमतिपत्रको काम गरिदिने भन्दै २५ हजार रुपैयाँ घूस लिएको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीलाई अख्तियारले हिरासतमा राखी आवश्यक कारवाही अघि बढाएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata