घुस लिइरहेको अवस्थामा मालपोतका कर्मचारी पक्राउ
बिहिबार, मंसिर ५, २०७६

काभ्रेपलाञ्चोक । मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको आरोपमा हिजो(बुधबार) पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु. २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएअनुसार जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments